BOLLYWOODHOLLYWOOD

प्रियंकाको सरी

सिनेमा संसार संवाददाता
काठमाडौं
प्रियंका चोपडाले एक अमेरिकन टिभी शोको आप्mनो दृश्यलाई लिएर आपत्ती आएपछि माफी माग्न बाध्य भएकी छिन्।
प्रियंकाले अमेरीकन टेलिभिजन शो क्वाटीकोमा भारतीयलाई आतंकवादी देखाईएपछि सामाजिक सञ्जालमा आलोचना खेपीरहेकी चोपडाले माफी मागेकी हुन्।
उनले ट्वीटरमार्फत एक पोष्टमा भनेकी छिन् ‘क्वाटीकोको केहि एपिसोड प्रसारणपछि भारतीय जनताको भावनामा आहत परेको कुराप्रति म दुखी छु। तर हाम्रो मनशाय त्यस्तो थिएन। र पनि म सबै जनासंग माफि माग्छु। मलाई भारतीय हुनुमा गर्व छ र यो भावना कहिल्यै बदलिन सक्दैन।’
केहि दिन अघि प्रशारीत उक्त एपिसोडमा प्रियंकाको एक डाईलगमा भारतीयले पाकिस्तनलाई फसाएको भनिएको थियो। यसपश्चात मानिसहरुले ह्याशट्याग सहित तिमीप्रति लज्जित छौ प्रियंका, तथा पैसाको लागि अन्र्तराष्ट्रिय स्तरमा देशको बेईज्जत गरेको भन्ने प्रतिक्रियासहित विवादित बनेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button