
सिनेमा संसार
काठमाडौं
बलिउड अभिनेत्री दिशा पटानीले आफ्नो जादु छर्दै फ्यानहरुलाई लठ्ठ पार्दै आएकी छन्। उनी अब हलिउडमा समेत डेब्यु गर्ने भएकी छन्। भारतिय सञ्चार माध्यमका अनुसार उनी छिट्टै नै सुपर नेचुरल थ्रिलर फिल्म होलिगार्डमा देखिने भएकी हुन्। ओस्कार विजेता केविन स्पेसीले निर्देशन गर्ने शो फिल्मको शुटिङ हाल मेक्सिकोमा भइरहेको छ।हालै दिशाको मेक्सिकोमा खिचिएको एक तस्विर सामाजिक सञ्जालमा भाईरल भएको थियो।फिल्ममा उनको दमदार एक्सन रुप देख्न सकिने बताईएको छ। फिल्ममा दिशाका साथमा डाल्फ लुडग्रेन,टाएरेस गिब्सन, ब्रियाना हिलडेब्राण्ड लगायतको भूमिका रहने बताईएको छ। दिशाले पटानीले आफ्नो करियरको सुरुआत मोडलिङबाट गरेकी थिईन्। सन् २०१५ मा तेलुगु फिल्म लोफर बाट अभिनयको संसारमा पाइला राखेकी उनी बलिउडमा फिल्म एम.एस. धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा कमाएकी थिईन्। जहा उनले महेन्द्र सिंह धोनीको प्रेमिकाको भूमिका निभाएकी थिइन्। त्यसपछि बागी २,मलंल, राधे, एक भिलेन रिटर्न्स लगायतका फिल्महरूमा अभिनय गरेकी छिन्।उनी आफ्नो नृत्य कौशल, फिजिक फिटनेस, र स्टाइलका लागि पनि चर्चित छिन्।