
सिनेमा संसार
काठमाडौं
गायिका तथा अभिनेत्री सारिका घिमिरेले नयाँ गीत गुन भुल्यौ पित्तलको सार्वजनिक गरेकी छन्। गायिका घिमिरेले आफ्नै शब्द रचना, संगीत र स्वरमा बजारमा ल्याएको गीत निकै कम समयमै दर्शक स्रोताको मन जित्न सफल भएको छ।
गुन भुल्यौ पित्तलको सुन पायौ होला भुईं छोड्यौ आकाशको जून पायौ होलाजस्ता मर्मस्पर्शी शब्द समावेश गीतले धोका, विछोड र पीडाको कथा भन्छ। गीतले सामाजिक सञ्जाल टिकटकमा लोकप्रियता बटुलिरहेको छ। गीतमाथि कैंयौले भिडियो बनाइरहेका छन्।
मनोज परियारको एरेन्जमेन्ट रहेको सो गीतको भिडियोमा सारिका स्वयं फिचर्ड छिन्। केशवराज भट्टराईको निर्देशन रहेको गीतको भिडियोको छायाकंन र सम्पादन अर्जुन खड्काले गरेका छन्। गीतको भिडियो सारिका घिमिरे युट्युब च्यानलमा अपलोड गरिएको छ।