BOLLYWOODHOLLYWOOD

पापाराजीप्रति जयाको आक्रोश

सिनेमा संसार
काठमाडौं
बलिउडकी दिग्गज अभिनेत्री जया बच्चन बेलाबेलामा पापाराजीहरुका साथ रिसाइरहेको तस्विर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाईरल बनिरहेको हुन्छ। हालै पनि जयाको एक भिडियो सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ। ज“हा उनी एक फोटोग्राफरका साथ भड्कीरहेको देखिन्छिन्। जसलाई लिएर नेटिजन्सहरुको विभिन्न किसिमका प्रतिक्रियाहरु आईरहेका छन्।
भिडियोमा जया आफ्‌नी छोरी श्वेता बच्चनका साथ देखिएकी छन्। जसमा उनी फोनमा कुराकानी गरिरहेको देखिन्छिन्। सोही समय पापाराजीहरु उनको तस्विर तथा भिडियो लिइरहेको हुन्छन्।त्यो देखेर जया पाप्‌ाजीका साथ भड्कीरहेकी देखिन्छिन्। त्यस्तै उनकी छोरी श्वेताले उनलाई तानेर गाडीमा बसाउछिन्। यो भिडियो देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनले पापाराजीप्रति गरेको व्यवहारको आलोचना गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button