CINEMA
चलचित्र जार हेरिसके पछि –अभिनेत्री गौरी मल्ल

सिनेमा संसार
काठमाडौैं
काठमाडौैं
अभिनेत्री गौरी मल्ल सिनेमा जार हेरिसकेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्।
तिन पात्रमा केन्द्रित रहेको कथाको पात्रहरुमा ति अकल्पनीय पात्रहरु पनि थिए ,जुन कथामा मुख्य खलपात्र बन्न पुगे भन्दा अतियोक्ति नहोला।
ति नाबालक संगीहरु जो आफ्नो बाल्यकालको स्मृतिहरू संगाल्दै ,रनबन डुल्दै ,योवनको खुड्किलो चढ्दै , आफ्ना अल्हड़पनमा राम्रा नराम्रा कुराहरुलाई सिक्दै बुझ्दै थिए र जवान प्रेमिल युगलको साक्षी पनि बनिरहेका थिए तर ति मसिना मस्तिष्कलाइ यो पटक्कै थाहा हुन सकेन कि उनीहरुको मित्रता परिवारको विषय बन्न पुगिसकेको थियो र त दुइ जवान आत्माको धड्कन सुन्न नसकेको हृदयहरुले यी स – साना अबोध संगीलाई मितेरी साइनोमा बाँधी अर्कातिरको मुटु भित्र हाडनाताको सम्बन्धको तिखो बाण चलाइदिये। जसको परिणाम राम्रो संग मौलाउन पनि नपाएका मायाका फूल असमय मै झर्न बाध्य भए। अनजानमै यी कलिला कोपिलाहरू ति खेल्न लागेका फूलहरुका लागि काँडा सरि तेर्सिन पुगे।
सामाजिक परिबन्ध। तत्कालिन समयको राज्यको उर्दी। बाध्य हुन पुग्छिन एक नारी। समयको निर्णय संगै आफ्ना इक्ष्या आकांक्षाहरुलाई थाँती राखी स्विकातोक्ति दिनु सिवाय के नै चारा रहन्थ्यो।
पुरुषको अहम् मा चोट लाग्नु पनि स्वाभाविक हो। सहजै कसरी स्वीकारोस यस्ता जाबा कुरालाई। सामाजिक बन्धन बाट उन्मुक्ति दिलाउन सिधै पुग्छ प्रेमिकाको घरमा। अब परिस्थिति बन्छ अनौठो। एकातिर सिन्दुर अर्को तिर प्रेम।
यस्तो परिस्थितिमा त्यो कोमल हृदय भएकी नारीले लिएको कठोर निर्णय अस्वाभाविक भने लाग्न सकेन। सिधै गएर छाप्काइ दिइ आफ्नो मायालाई र त्यो खुकुरीको धारले बगेका रगतद्वारा भन्न खोजि कि म अब कसैकी धर्म हुँ , तिमी मलाई बिटुल्याउने प्रयास नगर।
दुबैतिर असमंजसको भाव।
शरीरको चोट भन्दा हृदयको चोट अझ पीडादायी हुन्छ र त यस्तो जटील समयमा पनि उ पिडा बाटै बुझ्न चाहन्छ – मलाई येत्ति भनिदे तँ मलाई अझै माया गर्छेस या….
एउटी परनारी संग यस्तो परिस्थितिमा उत्तर नै कहाँ हुन्छ। तेसमाथी झन् आंधी बनेर ओइरिञ्छन श्रीमान र समाजका प्रश्नहरुको ओइरो।
मृत्युदण्डको संघारमा पुग्छ प्रेम
अब समय अन्तिम निर्णयको। प्रेमी समाजको अबहेंलना गर्दै आफ्नो प्रेमको स्वीकारोक्ति संगै दौड लगाउँछ। पति आफ्नो आत्मसम्मान फिर्ता गर्न प्रेमीको पछि दौडिन्छ। यी दुइको द्वन्दमा बल्ल अनुभूति हुन थाल्छ वास्तवमा एउटी नारी मन स्वतन्त्र विचरण गर्न चाहेर पनि आफ्नो पखेंटा खुम्च्याएर बसिरहेकी थिइन।
अन्ततः एउटा घटनाले तिनै जनाले आ – आफ्नो मनको कुरा बुझछन अनि सुन्छन पनि। एउटा बिचलित प्रेमको सुन्दर अन्त बन्न पुग्छ।
कथाकार इन्द्र बहादुर राइको कथाबाट प्रेरित भै निर्देशक फुर्वा छिरिङ्ग लामाले एउटा मौलिक अनि सुन्दर फिल्म बनाउनु भएको छ। लोभ्याउने दृश्य छायांकन ,मन छुने पार्श्व संगीत अनि आवाज। मलाइ अलिकति खट्किएको पक्ष भनेको सिनेमाले लिन नसकेको गति मात्र हो येद्धपी यसको भिएफएक्स प्रशंशनिय छ।प्रथम त यस्तो चलचित्रको परिकल्पना नै आफैमा एउटा चुनौती हो। यसको लागि निर्देशक एवं सम्पूर्ण जार परिवारलाई धन्यवाद। देश विदेशमा यो चलचित्रले आफ्नो सम्मान पावोस , शुभकामना ! साउथ इन्डियन सिनेमा मन पराउने दर्शकहरुलाई सायद यो चलचित्र रोजाइमा नपर्ला तर नेपाली मौलिक विषय एकफेर हेर्न बुझ्न चाहने दर्शकहरुको लागि जार एउटा चर्चा योग्य सिनेमा बन्न सक्छ।
जार चलचित्र हेरिसके पछि आफुलाई भन्न मन लागेको कुरा यहाँ पस्केकी हुँ । यहाँहरुको समयको लागि आभारी छु।
सबैको जय होस् !!