BOLLYWOODHOLLYWOOD

अनुष्काले विराटलाई इग्नोर गरेपछि…

सिनेमा संसार
बलिउड अभिनेत्री अनुष्का शर्मा र उनको क्रिकेटर पति विराट कोहलीको एक भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त भिडियोमा अनुष्का कारबाट ओरालिंदै गरेको देखिन्छिन्, जहाँ विराटले उनलाई सहयोग गर्न हात बढाएका थिए। तर अनुष्काले उनको हात नलिएर आफैं कारबाट ओर्लिएकी थिइन्। त्यसपछि दुबै जना एक रेस्टुरेन्टतर्फ लागेका देखिन्छन्। यो भिडियो बेंगलुरुको हो भन्ने बताइएको छ।
यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया जनाएका छन्। कसैले भनेका छन्, अवनीतको फोटो लाइक गरेपछि अनुष्का रिसाएकी छिन्। केही दिनअघि विराट कोहलीले अभिनेत्री अवनीत कौरको एउटा पोस्ट लाइक गरेका थिए। केही समयमै उनले त्यो लाइक हटाए पनि त्यो समयमै स्क्रिनसट भाइरल भइसकेको थियो। यसबारे विभिन्न चर्चा हुन थालेपछि विराटले प्रतिक्रिया दिँदै भनेका थिए, फिड क्लियर गर्दा एल्गोरिदमले गल्तीले इन्टरएक्शन रजिस्टर गर्‍यो होला। मेरो कुनै नियत थिएन। कृपया यसबारे अनावश्यक चर्चा नगरिदिनुहोस्। गायक राहुल वैद्यले यस घटनालाई लिएर इन्स्टाग्राममा एक रमाइलो भिडियो पोस्ट गरेका थिए, जहा“ उनले कोहलीमाथि व्यंग्य गरेका थिए। उनले भने, “अबदेखि एल्गोरिदमले धेरै फोटो लाइक गर्नेछ जुन मैले लाइक गरेको होइन। कृपया यसलाई लिएर पीआर नहोस्।“ उनले थपे, विराट कोहलीले मलाई ब्लक गरेका छन्। सायद यो पनि इन्स्टाग्रामको गल्ती होला। उनले विराट र उनका फ्यानहरूलाई जोकर पनि भनेका थिए, जसपछि उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ।त्यसको केही समयपछि क्रिकेटर युजवेन्द्र चहलले पनि राहुल वैद्यलाई इन्स्टाग्रामबाट अनफलो गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button