CINEMANEWS

चाम्सको सुम्निमामा उपासना अनुबन्धित

सिनेमा संसार
निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको आगामी फिल्म सुम्निमाको लागि मुख्य अभिनेत्रीकोे रुपमा अभिनेत्री उपासना सिंह ठकुरीलाई अनुबन्धित गरिएको छ। प्रेमकथामा आधारित हुने भनिएको फिल्ममा उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी भने अडिसन आव्हान गरिएको छ। बेलायतमा रहेका २० देखि २६ वर्षको व्यक्तिले अडिसनमा भाग लिन पाउनेछन्। नेपाली र अंग्रेजी भाषामा निर्माण हुने भनिएको फिल्म युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै बनाउन लागिएको निर्देशक चाम्सले बताए। फिल्मको कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ उनले भने। कथा रे र टिम राम्रो भएकाले उत्कृस्ट सिनेमा बन्नेमा चाम्स ढुक्क देखिएका छन्। फिल्मका प्राविधिक र टिमको बारेमा पछि मात्र जानकारी दिने चाम्सले बताए।
चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने फिल्म राजीव थापाको कथा र पटकथा रहनेछ भने यो फिल्म निर्देशक मिलन चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ। फिल्म नेपाल र बेलायतमा जुलाईदेखि छायांकनमा जानेछ । चाम्सको निर्देशनमा बनेको बायोपिक सिनेमा अञ्जिलाले सफल प्रदर्शनको ५१ औं दिन पार गरिसकेको छ भने यो सफलतासंगै उनलाई आगमी प्रोजेक्ट उत्कृस्ट बनाउनु पर्ने चुनौती छ।

Related Articles

Check Also
Close
Back to top button