BOLLYWOODHOLLYWOOD

दक्षिण भारतीय मलयालम सुपरस्टार मोहनलालको सिनेमा नेपालमा पनि

सिनेमा संसार
काठमाडौ
दक्षिण भारतीय मलयालम सुपरस्टार मोहनलाल र निर्देशक पृथ्वीराज सुकुमारनको बहुप्रतीक्षित सिनेमा एल २ : एम्पुरन बिहीबार नेपालमा पनि रिलिज हुने भएको छ ।सिनेमाको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार विज्ञप्ति जारी गर्दै सो सिनेमा नेपालमा प्रदर्शन हुने जनाएको हो। सन् २०१९ को ब्लकबस्टर सिनेमा लुसिफरको दोस्रो श्रृंखलाको रुपमा बनेको यो फिल्मले एडभान्स टिकट बिक्रीबाटै विश्वब्यापी ५८ करोड भारु कमाएको मोहनलालले दाबी गरेका छन्। त्यस्तै ट्रेड विश्लेषकले यो सिनेमा सबैभन्दा छिटो १०० करोड कमाउने पहिलो मलायलम सिनेमा हुनसक्ने अनुमान गरेका छन् ।सन् २०२५ कै ठूलो मलायलम सिनेमाको रुपमा विश्लेषण गरिएको सिनेमा एक्सन थ्रिलर हो। फिल्ममा मोहनलालबाहेक पृथ्वीराज सुकुमारन, मञ्जु वारियर, टोभिनो थोमस, इन्द्रजित सुकुमारन, अभिमन्यु सिंह, जेरोम फ्लिन र सुरज भेन्जारामुडु मुख्य भूमिकामा छन् ।

Related Articles

Check Also
Close
Back to top button