BOLLYWOOD

विवाहको चार महिनामै इराको एक्लोपन सम्बन्धि पोष्टले फ्यानहरुमा तनाव

सिनेमा संसार संवाददाता
काठमाडौं
बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी इरा खान वैवाहिक जीवनमा बाँधिएको धेरै समय भएको छैन । उनी गत जनवरीमा प्रेमी नुपुर शिखरेसंग वैवाहिक जीवन प्रारम्भ गरेकी हुन्। तर विवाहको केहि समयमै इराले सामासजक सञ्जालमा शेएर गरेको एक्लोपन सम्बन्धि पोष्टले उनका फ्यानहरु चिन्तामा परेका छन्। उनले शेयर गरेको पोस्टमा एक्लोपनका कारण आफूमा उत्पन्न हुने डरको बारेमा उल्लेख गरेकी छिन् । उनी लेख्छिन् ॅमलाई एक्लै बस्न डर लाग्छ । मलाई लाचार हुन पनि डर लाग्छ । मलाई संसारका हरेक नराम्रा कुरा (हिंसा, रोग, स्वार्थी मानिस) बाट पनि डर लाग्छ । मलाई गुमाउने कुरासंग पनि डर लाग्छ । दुःख पाउँछु भन्ने डर लाग्छ र चुप हुँदा पनि डर लाग्छ । मलाई हाँसेको, काम गरेको, बाँचिरहेको देख्नु हुन्छ तर जब मलाई डर लाग्छ तब यो डरले मलाई नराम्ररी आफ्नो वसमा पार्छ।’मसंग त्यस्ता धेरै मानिस छन्, जसले मलाई अत्यधिक प्रेम गर्छन् र म हराए“ भने मलाई खोज्छन् पनि । मलाई चोट लाग्यो भने उनीहरुले मेरो हेरचाह गर्छन्, म सक्षम व्यक्ति हु“ भन्ने कुराहरु म बिर्सन्छु, उनले लेखेकी छिन् ।इराको उक्त पोस्टमा फ्यानहरुले अनेक प्रतिक्रिया दिइरहेका छन्। धेरैले इराको यो पोष्टमा उनीमाथि माया दर्शाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button