BOLLYWOODHOLLYWOOD

बलिउडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना

छातीमा दुखाइ महसुसपछि अस्पताल भर्ना

बलिउडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुक अनुसार रहमानलाई आइतबार बिहान चेन्नईस्थित अस्पताल भर्ना गरिएको छ ।छातीमा दुखाइ महसुसपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार रहमानको ईसीजी र इकोकार्डियोग्रामसहित परीक्षणपछि उनको मुटुमा समस्या देखिएको र एन्जियोग्राम हुन सक्ने उल्लेख छ ।गत महिना, एआर रहमानले चेन्नईमा कन्सर्टमा एड शीरनसँग प्रस्तुति दिएका रहमान हालै फिल्म चावाको संगीत लन्चमा पनि देखिएका थिए । यसअघि रहमानकी पूर्व पत्नी सायरा बानोलाई पनि मेडिकल इमर्जेन्सीका कारण अस्पतालमा भर्ना गरिएको थियो र उनको शल्यक्रिया गर्नुपरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button