NEWS

गायिका अस्मिता अधिकारी र  गायक महेश काफ्ले विवाह बन्धनमा

सिनेमा संसार

काठमाडौं

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले विहिबार वैवाहिक जीवनमा बाँधिएका छन्। राजधानीको कार्की ब्यांक्वेटमा आयोजना गरिएको विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट संगीतकर्मी उपस्थित थिए।विवाहमा पन्चेबाजासहित बेहुला महेश, उनका बुवा तथा गायक भोजराज काफ्ले, र बेहुली अस्मिताका गीतहरू बजाइएको थियो। समारोहमा सहभागी भएका अतिथिहरूले नवविवाहित जोडीलाई बधाई दिएका थिए भने सामाजिक सञ्जालमा पनि बधाईको ओइरो लागेको छ।अस्मिता र महेशले गत असारमा दुबईमा इन्गेजमेन्ट गरेका थिए। प्रेम सम्बन्धलाई औपचारिकता दिँदै दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा उनीहरूले इन्गेजमेन्ट गरेका थिए।उनीहरू केही गीतमा सहकार्य गरिसकेका छन् र विभिन्न कन्सर्टमा समेत संयुक्त प्रस्तुति दिएका छन्। काठमाडौं महानगरपालिकाले स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजना गरेको सांगीतिक कार्यक्रममा पनि उनीहरूले प्रस्तुति दिएका थिए।

Related Articles

Check Also
Close
Back to top button