
सिनेमा संसार
काठमाडौं
विश्वकै प्रतिष्ठित अवार्डको रुपमा लिइने अस्कर अवार्डको ९७ औं संस्करण नेपाली समय अनुसार आईंतवार अमेरिकाको लस एन्जलस स्थित डब्ली थिएटरमा सम्पन्न भयो। सामोरहमा यस वर्ष सिनेमा अनोराले पा“च अवार्ड जित्दै सर्वाधिक अवार्ड चुम्ने सिनेमा बन्यो जसमा सर्वश्रेष्ठ सिनेमा, निर्देशक, मौलिक पटकथा, सिनेमा सम्पादन, र सर्वश्रेष्ठ अभिनेत्री समावेश रहेका छन्। अनोरा बाटसीन बेकरले निर्देशक र मौलिक पटकथा तथा सम्पादन र माइकी म्याडिसनले अभिनेत्रीको अवार्ड चुमिन्।सिनेमाले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रूसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा भन्छ।अवार्ड लिदै गर्दा अभिनेत्री माईकी आफ्नी आमालाई सम्झेर निकै भावुक बनेकी थिईन्।त्यस्तै द ब्रुटालिस्ट बाट एड्रियन ब्रोडील अभिनेता, मौलिक संगीत, र छायांकनको गरि तीन अवार्ड चुम्यो। अभिनेता ब्राडील आफ्नी गर्लफ्रेन्ड जर्जीयाका साथ अस्करमा पुगेका थिए।रेड कार्पेको सेन्टरमा पुगेपछि उनले अभिनेत्री हैली बैरी लाई चुम्बन दिएको खवर पनि चर्चामा रह्यो।सन् २००३ मा हैली बैरीले एड्रियनलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्रदान गरेकी थिइन्, त्यस समयमा पनि एड्रियनले मञ्चमा उनलाई चुम्बन गरेका थिए। समारोहमा एमिलिया पेरेजबाट जोई सल्दानाले सहायक अभिनेत्रीको अवार्ड जित्दा यहि सिनेमाको गीत मी कामिनोले मौलिक गीतको अवार्ड जित्यो।कार्यक्रम भइरहदा ३.१ म्याग्निच्युडको भूकम्प समेत आएको थियो। ओस्कार रेड कार्पेटमा एकातिर सबैजना डिजाइनर पहिरनमा आएका थिए।अभिनेता एडम स्यान्डलर भने हुडी र सट्र्स मा ओस्कार समारोहमा उपस्थित भएका थिए। कार्यक्रमका होस्टले मञ्चबाटै मजाकमा उनलाई तपाईं के लगाएर आउनुभएको छ भनेर सोध्दा जवाफमा एडमले हँस्दै भने, तपाईंले माइकमा कराउनु अघि कसैले ध्यान नै दिएको थिएन कि मैले के लगाएको छु भनेका थिए।
समारोहमा अ रियल पेनबाट किरण कल्किनले सहायक अभिनेताको अवार्ड चुम्दा ब्राजिलिएन सिनेमा आईम स्टिल हियरले अन्तराष्ट्रिय फिचर सिनेमा, नो अदर ल्यान्डले,वृत्तचित्र सिनेमा ,द ओनली गर्ल इन द अर्केस्ट्राले शर्ट डकुमेन्ट्रि सिनेमा, द फ््लाइङ सेलरले एनिमेटेड शर्ट सिनेमा, आई एम नट अ रोबर्टले लाईभ एक्शन शर्ट सिनेमा,विकेड ले उत्पादन डिजाइन र पोशाक डिजाइन, ड्यूनः पार्ट टु ले ध्वनि र दृश्य कन्क्लेभले एडप्टेड स्क्रिनप्लेको अवार्ड चुमेको छ।