विल स्मिथ गायिकासंगको चुम्बन विवादमा

सिनेमा संसार
काठमाडौं
हलिउड अभिनेता, र्यापर र फिल्म निर्माता विल स्मिथ हालै एक भिडियोका कारण विवादमा परेका छन्। मियामीमा आयोजित प्रिमियो लो नुएस्त्रो अवार्ड समारोहको स्टेजमा, उनले स्पेनी पप गायिका इंडिया मार्टिनेजलाई चुम्बन गर्ने प्रयास गरेका थिए।
सो भिडियोमा, जब स्मिथ र मार्टिनेज फस्ट लभ गीत गाइरहेका थिए, उनीहरू एकअर्कासम्म निकै नजिक पुगे। स्मिथले चुम्बन गर्न चाहँदा, मार्टिनेज त्यसबाट बचेर आफ्नो प्रस्तुति जारी राख्छिन्। यो भिडियो सामाजिक सञ्जालमा भाइरल भई, प्रयोगकर्ताहरूले स्मिथको हर्कतलाई लज्जास्पद र अनुपयुक्त’ भनेर आलोचना गरेका छन्।यसअघि, सन् २०२२ मा विल स्मिथले ओस्कार अवार्ड समारोहमा होस्ट क्रिस रकलाई थप्पड हानेका थिए। क्रिसले उनकी पत्नी जाडा पिन्केटको कपालको बारेमा मजाक उडाएपछि, स्मिथ रिसाइर थप्पड हानेका थिए। यस कारण ओस्कारले उनलाई १० वर्षको प्रतिबन्ध लगाएको थियो।
विल र जाडा पिन्केट स्मिथ सन् २०१६ सम्बन्धमा केही समस्या आएपछि छुट्टै बसिरहेका छन्, यद्यपि उनीहरूले आधिकारिक रूपमा सम्बन्ध विच्छेद गरेका छैनन्।