CINEMANEWS

एक धर्को सिन्दुरले तिम्रो परिचय बदिलिएला, तर मेरो मुटुमा लेखेको नाम कहिले बदलिने छैन

सिनेमा संसार
काठमाडौं
एक धर्को सिन्दुरले तिम्रो परिचय बदिलिएला, तर मेरो मुटुमा लेखेको नाम कहिले बदलिने छैन।
यो संवाद आगामी फागुन १४ गतेबाट रिलिजमा आउन लागेको सिनेमा मायाबीको हो। सिनेमाको आज ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा नायक पल शाह र नायिका दीपिका प्रसाइका साथमा कलाकारहरु सुशिल सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ। ट्रेलरमा पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशन तथा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तले निर्माण गरेको सिनेमामा राजु पराजुली र सुमित वली सह–निर्माता तथा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता छन्। प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दिपेन्द्र सिंखडा, संगीता सिलवाललगायतले पनि अभिनय गरेको सिनेमामा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, राजुविक्रम थापाको डीओपी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

Related Articles

Back to top button