CINEMANEWS

राजेश हमाल अन्धपथमा

सिनेमा संसार
काठमाडौं
काठमाडौंबाट बुधबार एक विशेष कार्यक्रममा सिनेमा अन्धपथको निर्माण घोषणा गरिएको छ।
आरजे मिडिया प्रालिको व्यानरमा रामजी लम्सालले निर्माण गर्ने सिनेमाको निर्माणको घोषणासँगै आगामी फागुन ८ गते छायांकनको यात्रा सुरु हुने जानकारी दिइएको छ। रामजी लम्सालकै लेखनमा बन्ने सिनेमाको कथा स्वरूपमा स्वदेशमा युवा शक्ति सृजनात्मक कार्यमा संलग्न हुँदै विदेश पलायनको समस्यालाई चासोका साथ उठाइएको छ। जसले युवालाई स्वदेशमै आशा र भविष्य देखाउने उद्देश्य राखेको छ।
सिनेमाको लेखन र निर्देशन रामकाजी घिमिरेको रहने छ भने प्रमुख भूमिकामा महानायक राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, शम्भु ढुंगाना, भेग पहारीलगायतका कलाकारले अभिनय गर्नेछन्।

Related Articles

Check Also
Close
Back to top button