
सिनेमा संसार
काठमाडौं
सलोन सलिना फिल्म्स्को व्यानरमा निर्माणाधिन सिनेमा पीआरको मंगलबारबाट अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टबाट मुर्हतसँगै छायांकन सुरु भएको छ ।
रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नीको व्यानरका निर्माणाधिन सिनेमा शोभित बस्नेतको निर्देशनमा निर्माण भईरहेको छ। निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए।
आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा, नवीन घायललगायतले अभिनय गर्ने सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता छन्। सिनेमामा शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, मानस राजको संगीत, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन रहनेछ।