CINEMANEWS

एक्टरः टेक वनको ट्रेलर युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

सिनेमा संसार
काठमाडौं
एक्टरः टेक वनको ट्रेलर सार्वजनिक भएको दुई दिनमै नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। दर्शकको मन जित्दै यो ट्रेलर १५ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ।
गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी यही माघ १६ गते यो सिनेमाको ट्रेलर सार्वजनिक गरिएको थियो। रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ। सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले युट्युबसहित अन्य विभिन्न इन्टरनेट प्लेटफर्ममा हेरिरहेका छन्।
राजन भुसालद्वारा निर्देशित यस सिनेमाको ट्रेलरले प्रदीप खड्काको महत्वकाँक्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ। यसमा आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालाजस्ता कलाकारहरूको अभिनयले सिनेमालाई थप आकर्षक बनाएको छ।

 

Related Articles

Back to top button