CINEMANEWS

शरीरमा दनदनी आगो लगाएर सुशिलको एक्सन

सिनेमा संसार
काठमाडौं
नायक सुशिल श्रेष्ठको एक्सनका कारण चर्चा र प्रतिक्षामा रहेको सिनेमा आउट लः दफा २१९ फागुनको २९ गते रिलिजमा आउँदैछ।
सिनेमामा सुशिलले नेपाली सिनेमामा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माण पक्षको छ। केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ। सिनेमाका लागि सुशिलले आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन्। यो दृश्यका लागि सुशिलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए।
निर्माणपक्षका अनुसार, सिनेमामा करिब ५० मिनेट एक्सन छ। जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ। टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको सिनेमामा विक्की महर्जनले लेखन तथा निर्देशन रहेको छ। अमित अग्रहरिद्वारा निर्मित सिनेमामा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारिलगायतका कलाकारले अभिनय गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button