MUSICNEWS

गीतमा हरामी हुन मन छ रे

सिनेमा संसार
काठमाडौं
हरामी हुन् मन छ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा राजन श्रेष्ठको स्वर, डम्बर विकलको शव्द रचना र रिमेश कुमार थापाको संगीत छ। नेपमेलो र टौवा स्टुडियोको संयुक्त प्रस्तुतिमा निर्माण भएको गीतले प्रेम, संघर्ष र पहिचानका गहिरा भावनालाई समेटेको छ।
गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिसा शर्माले अभिनय गरेका छन्। शान थापाको लेखन र निर्देशनमा बनेको भिडियोले प्रेमकथामार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ।
भिडियोका कार्यकारी निर्माता बिशाल कार्की हुन् भने छायांकन बुद्ध थापाले गरेका छन्। भिडियो सम्पादन बिबेक सुनारले गरेका हुन्।

Related Articles

Back to top button