CINEMANEWS

साथीबीचको प्रेममा सारंग

सिनेमा संसार
काठमाडौं
निर्देशक प्रशान्त तामाङको सिनेमा सारंगको टिजर बिहीबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ।
आगामी माघ २५ गते रिलीज हुने सिनेमाको झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर,साथीसाथीबीचको प्रेम तथा समर्पणको बिषय प्रस्तुत गरेको छ।
निर्देशक तामाङ स्वयम्को लेखन रहेको सिनेमामा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ, बालकलाकार द्वय सम्राट थापा, आदित्य कार्कीलगायतले अभिनय गरेका छन्।

 

Related Articles

Back to top button