CINEMANEWS

पोस्टरले बढाईदियो शरणमप्रतिको चासो

सिनेमा संसार
काठमाडौं
सिनेमा लाज शरणम्को पोस्टरले सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ।
कमेडी र कथा एकसाथ देखिएको पोस्टरले सिनेमाप्रतिको अपेक्षा बढाइदिएको हो। सिनेमाको मुख्य प्रचार सामग्रीमध्यको एक हो पोस्टर। पोस्टरको राम्रो डिजाइन भयो भने त्यसले सिनेमाको कथा भन्दै दर्शकमा कौतुहलता बढाइदिन्छ। यो काम लाज शरणम्को पोस्टरले गरेको छ।
लाज शरणम्को टिमले तीन पोस्टर सार्वजनिक गरेको थियो। पोस्टरका कथा र कमेडी एक साथ देखिएको थियो। गम्भीर विषयलाई रमाइलो तरिकाले लाज शरणम्ले कथा भन्ने पोस्टरले संकेत गरेको थियो। सार्वजनिक गरिएका पोस्टरमा सिनेमाका अधिकांश मुख्य कलाकार अटाएका छन्। पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन्। चार जना चिनिए पनि एक जना चिनिँदैन।
पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिनभित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन्। यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ।

दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन्। उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ। सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ। उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ। यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ।
अर्को पोस्टरमा हरिष र विजय छन्। हरिषको ढाडमा बसेर विजयले हड्डीको शंख फुकिरहेको देखिन्छ। यसले प्रतिशोध साँधिरहेको देखाएको छ। सँगै विजय पनि सिनेमामा हाबी हुने एक पात्र हुन् भन्ने देखाउँछ।
पोस्टरले अभाव, आम नेपालीको बाध्यता, मृत्युपछि पनि त्यसमा पैसा देख्ने नेपाली र आफ्नै हिमाली बस्ती होस् वा परदेश नेपालीले मृत्युसँग साक्षात्कार गरिरहेको यथार्थलाई पोस्टरले देखाइदिएको छ।
लाज शरणम् महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट रिलीजमा आउँदैछ। सिनेमा कुमार कट्टेल (जिग्री ब्रो) ले निर्देशन गरेका छन्।
मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बुसँगै सक्किगा ेनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायका कलाकारले अभिनय गरेको सिनेमा सुदीप बरालले छायांकन गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button