CINEMANEWS

सलोनको रंगी फागुनमा

सिनेमा संसार
काठमाडौं
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माणाधिन सिनेमा रंगी आगामी फागुन २ गते रिलीजमा आउने भएको छ।
सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमाको निर्माण समूहले बुधबार रिलिज डेटसहितको पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो। पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ। ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखाइएको छ।
त्यस्तै मोसन पोस्टरमा सलोन, आयुषी र डेब्यु नायिका नम्रता श्रेष्ठलाई देख्न प्रस्तुत गरिएको छ। नम्रता मिस वल्र्ड नेपाल २०२०की विजेता हुन्। सुरेश न्यौपानेको डेब्यू निर्देशन रहेको सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतले अभिनय गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button