BOLLYWOODHOLLYWOODNEWS

तीन खानलाई पछि पार्दै नम्बर एकमा दिपिका

सिनेमा संसार संवाददाता
काठमाडौं

बलिउड अभिनेत्री दिपिका पादुकोणका लागि यो वर्ष निकै फलदायी भइरहेको छ । यसै वर्ष आमा बन्न लागेकी उनको हातमा केहि राम्रा फिल्म परेका छन् भने कल्की २८९८ एडी, सिंघम अगेन जस्ता फिल्म हलमा आउँदैछन्। यसको साथै उी हालै आइ एम बिडि अर्थात ईन्टरनेट मुभी डाटाबेसले सार्वजनिक गरेको सार्वजनिक गरेको सर्वाधिक लोकप्रिय भारतीय स्टारहरुको सूचिको पहिलो स्थानमा समेत परेकी छन्। आईएमबिडी निकालेको सन् २०१४ देखि २०२४ सम्मका वर्षका उत्कृष्ट १०० कलाकारको सूचिको पहिलो स्थान परेर उनले बलिउडका तीन खानहरुर्ला समेत पछाडी पारेकी छन्।
लोकप्रियताको आधारमा यस दशकमा तीन खान भने सूचिको शिर्ष १० मा पर्न सफल भएका छन्। दोस्रो स्थानमा भने बलिउड बादशाह शाहरुख खान परेका छन् । त्यसै गरि तेस्रो स्थानमा ऐश्वर्या राय बच्चन, चौथो स्थानमा आलिया भट्ट,पाँचौं स्थानमा अभिनेता स्वं इरफान खान,छैटौँ स्थानमा आमिर खान छन् । सातौं स्थानमा भने अभिनेता स्व सुशान्त सिंह राजपूत पर्दा आठौं स्थानको नाम सलमान खानको रहेको छ। ऋतिक रोशन अक्षयकुमार भने क्रमश नवौं र दशौं स्थानमा छन् । आईएमडीबीले विश्वभर पेज भ्युका आधारमा फिल्म, टेलिफिल्म,अभिनेता अभिनेत्री, भिडियोगेम आदीको श्रेणी निर्धारण गर्ने गरेको छ ।

Related Articles

Check Also
Close
Back to top button