Uncategorized

मल्लिकाको गाजले सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं ।
गायिका मल्लिका कार्कीको नयाँ गीत गाजलेको भिडियो सार्वजनिक भएको छ ।
गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ भने गीत म्यूजिक क्लाउड स्टुडियो कमलादीमा रेकर्ड गरिएको हो ।
डान्सिङ नम्बरको गीतमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापा फिचर्ड छन् । मैना माया कार्की प्रस्तुतकर्ता रहेको गीतमा गायिका मल्लिकाले आफूलाई गाजले केटा मनपर्ने उल्लेख गरेकी छन् ।
भिडियोमा हरि हुमागाईंको डीओपी, मित्र डी गुरुङको सम्पादन, अनन्त घिमिरेको डिजाइन, सरोज पाण्डेको मेकअप, मनिक तामाङको आर्ट, देवराज सापकोटाको प्रोडक्सन र कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
एलबम ‘मल्लिका’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेकी गायिका मल्लिका कार्की गायक उदितनारायण झासँग गाएको गीत लाजको लाली पोतेर आइदेऊ ’ बाट श्रोता दर्शकमाझ चिनिएकी हुन् । त्यसपछि उनले यति धेरै मान्छेहरुको भीडमा, तिमीले नसम्झिँदा माया, जति टाढा भो, उति गाढा भो, नयाँ जीवनजस्ता गीत बजारमा ल्याएकी छिन् ।

 

Related Articles

Check Also
Close
Back to top button