Uncategorized

जिरो टु ८८४८’: कचनकवलदेखि सगरमाथा शिखरसम्मको साहसिक यात्रा अब पर्दामा

सिनेमा संसार
काठमाडौं

नेपालको सबैभन्दा होचो भू-भाग झापा स्थित कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्मको प्रेरणादायी यात्रा समेटिएको वृत्तचित्र जिरो टु ८८४८’ को ट्रेलर हालै काठमाडौंमा एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।

सञ्चारकर्मी प्रेम बानियाँको अवधारणामा तयार भएको यो वृत्तचित्र निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेका हुन्। वृत्तचित्रमा सगरमाथा आरोहणको दौरानमा देखिने कठिनाइ, साहसिकता, प्रेरणा र यात्राका अनुभवहरूलाई जीवन्त ढंगमा प्रस्तुत गरिएको छ।

यात्राको आरम्भ कचनकवलबाट हुँदै इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका विभिन्न स्थान हुँदै सगरमाथाको आधारशिविर (बेसक्याम्प) सम्म पुर्‍याइन्छ। त्यहाँबाट आरोहीहरू क्याम्प १, २, ३, ४ हुँदै शिखरसम्मको कठोर र चुनौतीपूर्ण मार्गमा यात्रा गर्छन्।

यस वृत्तचित्रमा सगरमाथा आरोहणका अनुभवी पात्रहरू – १८ पटक शिखर चुमिसकेका टेण्डी शेर्पा, विश्वभर साइकल यात्रा गरिसकेका पुष्कर शाह, अन्तर्राष्ट्रिय आरोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको सहभागिता छ। दृश्याङ्कनमा सुजन गुरुङ र दोजी शेर्पाको योगदान उल्लेखनीय छ।

कार्यक्रममा बोल्दै बानियाँले भने, यो केवल एउटा डकुमेन्ट्री होइन, नेपाल चिनाउने अभियान हो। कचनकवललाई समुद्री सतह बराबरमा परिकल्पना गरी, त्यहाँबाट सगरमाथाको यात्रा सम्भव छ भन्ने सन्देश दिन खोजिएको हो।

Related Articles

Check Also
Close
Back to top button