Uncategorized

द रेड सुटकेसको फस्ट लुक्स

सिनेमा संसार संवाददाता
काठमाडौं ।
आगामी चैत ३० गते रिलीज हुने सिनेमा द रेड सुटकेसको फस्ट लुक्स पोष्टर मंगलबार सार्वजनिक गरिएको छ ।
फस्ट लुक्स पोष्टरमा सिनेमाका मुख्य कलाकार अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई समेटिएको छ । फस्ट लुक्समा पहाडी क्षेत्रको राजमार्ग (घुम्ती बाटो) लाई देखाईएको छ । पोष्टरमा अभिनेत्री सृष्टी श्रेष्ठ ग्रामिण महिलाको भूमिकामा छिन् । यस्तै सौगात मल्ल र विपिन कार्कीपनि कामकाजी युवाको रुपमा देखिएका छन् ।
नयाँ वर्ष २०८१ को अबसर पारेर रिलिज गरिने यो सिनेमामा सौगात, विपिन र सृष्टीसँगै प्रविण खतिवडा पनि मुख्य भूमिकामा छन् । सिनेमा फिडेल देवकोटाले निर्देशन गरेका छन् । गत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिबलमा वल्र्ड प्रिमियर गरिएको फेस्टिभलमा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको थियो । यस्तै संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदिमा पनि यो सिनेमा छनौट भएको छ ।

 

Related Articles

Check Also
Close
Back to top button