CINEMA

मन पराईयो आर्यनको रंगेली रुप

सिनेमा संसार संवाददाता
काठमाडौं ।
शुक्रवारदेखि सफलताका साथ चलिरहेको सिनेमा रंगेलीमा अभिनेता आर्यन सिग्देलले दर्शकलाई सरप्राइज दिएका छन् ।
सिनेमाको क्लाइमेक्समा खलपात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने सिग्देललाई दर्शकले अत्यधिक रुचाएका छन् । आर्यनको सोही भूमिकाको लुक्समा पोस्टर र केही फोटो सार्वजनिक गरिएको छ । उनलाई सिनेमामा सन्की गुण्डा देखाइएको छ । आर्यनको इन्ट्रीपश्चात् रंगेलीको दोस्रो भागमा अभिनेता दयाहाङ राई र उनको क्ल्यास हुने अवस्था सिर्जना हुन्छ । दोस्रो भाग निर्माण घोषणाको यो नौलो प्रयोग हो । दोस्रो भागमा आर्यन र दयाहाङ प्रमुख भूमिकामा हुनेछन् । लेखक तथा निर्देशक अर्जुन सुवेदीले दोस्रो भाग सकेसम्म छिटो बनाउने बताए ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका छ ।

 

Related Articles

Check Also
Close
Back to top button