MUSIC

किरण गजमेरको कुनै दिन सार्वजनिक

 

सिनेमा संसार संवाददाता
काठमाडौं
द भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेरको स्वरमा रहेको गीत कुनै दिन को म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली सिनेमा देखि आधुनिक गीतसम्म तहल्का पिटेका संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ।विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटनाक्रमभिडियोमा देखाइएको छ ।

भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय रहेको छ। माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सह निर्देशन रहेको कुनै दिनको भिडियोमा नवराज उप्रेतीको छायाकंन,शिलन लम्साललको सम्पादन तथा कलर ग्रेडीङ रहेको छ।गीतलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो।

Related Articles

Back to top button