MUSICNEWS

बेलायतबाट बलेको आगो

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक राजकुमार सिंहले बलेको आगो–२ बोलको गीत र त्यसको युजिक भिडियो सार्वजनिक गरेका छन्।
बेलायतका बिभिन्न रमणीय स्थलमा छायांकन भएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका छन्। गुरुङको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
प्रेम र मिलनमा आधारित यस गीतको भिडियोमा रोशन बस्नेत, निश्मा बन र दुर्गा सिंहले अभिनय गरेका छन्। गीतमा राजकुमार सिंहको स्वर, सुनील राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button