EVENTNEWS

मेलम्ची निर्माणका लागि रकम हस्तानतरण

सिनेमा संसार संवाददाता
काठमाडौं
कलाकारहरुद्वारा स्थापित सिन्धु सहयोग कोषले शुक्रवार राजधानीम एक कार्यक्रम आयोजना गरि मेलाम्चीको बाढिपिडित बस्ति निर्माणका लागि संकलित रकम हस्तान्तरण गरिएको छ।
प्राकृतिक प्रकोपबाट पीडित भएकालाई एकीकृत बस्ति निर्माण गर्न कलाकारहरुद्वारा स्थापना गरिएको कोषबाट मेलम्ची बाढिपिडित एकीकृत बस्ति निर्माण समितिलाइ नौ लाख नौ हजार एक सय अठसठि रुपियाँ कोषका संयोजक अभिनेता कृष्ण मल्लले समितिका अध्यक्ष कृष्ण थापालाइ हस्तान्तरण गरेका हुन्। कोषको सह संयोजकमा अभिनेत्री करिश्मा मानन्धर रहेकी छिन् भने कोषको सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जीतु नेपाल, सह कोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरुमा श्वेता खड्का,सुनिता दुलाल, पूजा शर्मा तथा र भुवन केसी रहेका छन्।
कार्यक्रम कोषका सदस्य सचिव कृष्ण ढुंगानाले सञ्चालन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button