CINEMANEWS

हरिबहादुरको जुत्ता श्रीनिवासमा फर्कने

हरिवंश र अभिषेक मुख्य भूमिकामा

सिनेमा संसार
काठमाडौं
हरिबहादुरको जुत्ता नामक सिनेमा निर्माण गरेको टिमले नयाँ सिनेमा श्रीनिवास निर्माणको घोषणा गरेको छ। गत दशैँकमा रिलीज भएको हरिबहादुरको जुत्ताले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएपछि टिमले दोस्रो प्रोजेक्ट अगाडि सारेको हो।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने श्रीनिवासको औपचारिक घोषणा आज गरिएको हो। सिनेमामा हरिवंश आचार्य र अभिषेक खड्का मुख्य भूमिकामा देखिनेछन्। अभिषेकको डेब्यु सिनेमा कुमारी यही माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ, जसले उनलाई पछिल्लो समय चर्चामा ल्याएको छ।
सरोज ओली र मोहितवंश आचार्यको निर्माण रहने सिनेमा सजन काफ्ले र आकाश बरालले संयुक्त निर्देशन गर्नेछन्। यसअघि उनीहरूले सिनेमा बेहुली फ्रम मेघौली निर्माण गरेका थिए।
श्रीनिवासको कथा तथा पटकथा अभिमन्यु निरावीले लेखेका हुन्।

Related Articles

Check Also
Close
Back to top button