CINEMANEWS

परान ७५ दिनमा

सिनेमा संसार
काठमाडौं
पारिवारीक कथामा निर्माण भई दर्शकको अपार मन जित्न सफल सिनेमा परानले आज प्रदर्शनको ७५औं दिन पुरा गरेको छ।
सोहि अवसरमा निर्माण टिमले अब केहि दिनका लागी टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ। सिनेमा हेर्न छुटाएका दर्शकका ७५दिनको सेलिब्रेशनसँगै यो छुटको ब्यवस्था गरिएको सिनेमाका निर्माता रञ्जित आचार्यले जानकारी गराए।
परानको आज मंगलबार काठमाडौंमा मात्रै पनि ५ शो रहेको छ। परानका कलाकार तथा निर्माण टिमले आज साँझ सिटी स्क्वायरमा ४ बजेको शो हेरिरहेका दर्शकमाझ केक काटेर ७५ औं दिनको सेलिब्रेशन गर्दैछ। परानले पछिल्लो शनिबार ७२ औं दिनसम्म१७ करोड ७४ लाख २२ हजार १ सय ९० रुपैंया कलेक्सन गरेको चलचित्र बिकाश बोर्डले तथ्यांक सार्वजनिक गरेको छ।
दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई, बाल कलाकार आर्यादीप आचार्यलगायतले अभिनय गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button