MUSICNEWS

ल्होसारलाई सांगितीक कोसेली

सिनेमा संसार
काठमाडौं
आउदै गरेको तामाङ समुदायको नयाँ वर्ष तथा महत्वपूर्ण पर्व सोनम ल्होसारको अवसर पारेर गायक तथा संगीतकार सागर पाख्रिन तामाङले नयाँ सांगीतिक कोसेली ल्होसार डेनमुला सार्वजनिक गरेका छन्।
ल्होसारको सांस्कृतिक भाव, तामाङहरूको कला, धर्म र परम्परालाई जीवन्त रूपमा समेटिएको गीतमा सागरले गायिका सुमिना लो तामाङसँग गायनमा सहकार्य गरेका छन्। गीतमा सागर स्वयमको संगीत, चन्द्र दोङ राजुको शब्द रचना तथा अर्पण थेङ तामाङको एरेन्जमेन्ट र मिक्सिङ रहेको छ।
अर्पण स्टुडियो (नेपाल) र जीपी स्टुडियो (जापान) मा रेकर्ड गरिएको हो। गीतको भिडियोमा तामाङ संस्कृतिको दृश्यात्मक सौन्दर्यलाई कलात्मक ढंगले उतारिएको छ। तामाङ समुदायको मौलिक पहिचान, संस्कार र सामूहिक जीवनशैलीलाई संगीत र दृश्यमार्फत सशक्त रूपमा प्रस्तुत गरिको छ। भिडियोमा अमिर दोङ रिया लामा, कुइसाङ रुम्बा, छिरिङ लामा, एञ्जला लामा, सवित्रीलामा लगायतले अभिनय गरेका छन्।
ल्होसारको सांस्कृतिक र भावनात्मक सौन्दर्य झल्काउने भिडियोको निर्देशन, छायांकन, सम्पादन तथा कलर सुर्य लामाले गरेका हुन् भने नृत्य निर्देशन सरस्वती धमला, छायाँकन जेनिश तामाङ, कला निर्देशन मानिक पाख्रिनले गरेका छन्। भिडियो सागर पाख्रिन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

Related Articles

Check Also
Close
Back to top button