CINEMANEWS

माग्ने राजाले टिजर र गीतमार्फत दर्शकको ध्यान तान्दै

सिनेमा संसार
काठमाडौं

नेपाली सिनेमा ‘माग्ने राजा’ले निर्माण घोषणा भएसँगै प्रचारप्रसारमा तीव्रता दिएको छ। फस्टलुक, टिजर र सार्वजनिक गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेका छन्।सिनेमाको प्रचार गीत ‘म त सुतेर उठेको पैसामा’ रिलिज भएको ५ दिनमै युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको छ। गीत टिकटकमा पनि निकै चर्चामा छ, जहाँ थुप्रै प्रयोगकर्ताहरूले यसमा भिडियो बनाइरहेका छन्।सिनेमाको निर्देशन ऋषि लामिछानेले गरेका हुन् भने निर्माण मुनाल घिमिरेले सम्हालेका छन्। भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस सिनेमामा केदारप्रसाद घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा प्रस्तुत भएका छन्।उनको साथमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहेको छ। सिनेमाको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन्।निर्देशक लामिछानेले अघिल्ला प्रोजेक्टहरूमा भावुक कथा पस्किएका थिए भने ‘माग्ने राजा’मा हास्यप्रधान प्रस्तुति दिन खोजिएको छ। सिनेमाले समाजका समसामयिक विषयलाई रमाइलो शैलीमा दर्शाउने प्रयास गरेको बताइएको छ।

सधैं सहायक भूमिकामा देखिँदै आएका कलाकार केदारप्रसाद घिमिरे यसपटक मुख्य भूमिकामा देखिँदैछन्, जसले दर्शकमाझ थप उत्साह सिर्जना गरेको छ।

Related Articles

Check Also
Close
Back to top button