BOLLYWOODHOLLYWOOD

स्कारलेट हलिउड इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्री

सिनेमा संसार

काठमाडौं

अभिनेत्री स्कारलेट जोहानसन हलिउड इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्री बनेकी छन्। सूचीको शीर्षस्थानमा मार्वल सिनेम्याटिक युनिभर्स स्टार पुगेको ट्रेड पोर्टल द नम्बर्सले जनाएको छ।

ब्ल्याक विडोको भूमिकामा उनी एमसीयूमा प्रसिद्ध छिन्। उनले पुरुष कलाकारलाई समेत उछिनेर कमाइको मामिलामा यो इतिहास रचेकी हुन्।

जोहानसनका सिनेमा ले अहिलेसम्म १४.८ अर्ब अमेरिकी डलर ग्रस कमाइ गरेका छन्। यो आँकडाले उनलाई हलिउडको इतिहासमै सबैभन्दा धेरै कमाइ गर्ने कलाकार बनाएको हो।

एमसीयूका चर्चित अभिनेता स्यामुअल एल ज्याक्सन, रोबर्ट डाउनी जुनियर र क्रिस प्राटजस्ता कलाकारलाई स्कारलेटले बक्सअफिस कमाइको हिसाबले उछिनिन्। यी सबै कलाकारले मार्वलका सुपरहिट सिनेमा मा अभिनय गरेका थिए र वर्षौंसम्म लिड स्टारको रूपमा थिए।

अभिनेत्री जोहानसनको कूल कमाइमध्ये ठूलो हिस्सा मार्वल सिनेम्याटिक यूनिभर्सका पाँच सिनेमा बाट आएको हो। द एभेन्जर्स २०१२, एभेन्जर्स : एज अफ अल्ट्रोन २०१५, क्याप्टेन अमेरिका : सिभिल वार २०१६, एभेन्जर्स : इन्फिनिटी वार २०१८ र एभेन्जर्स : एन्डगेम २०१९ लगायतका सिनेमा ले मात्र करिब ८.७ अर्ब अमेरिकी डलर कमाएका थिए।

Related Articles

Back to top button