MUSICNEWS

मनको फूलबारी सार्वजनिक

सिनेमा संसार
काठमाडौं

गायक गायिका बिसी राई र सारिका घिमिरेको स्वरमा प्रेमिल गीत मनको फूलबारी हालै सार्वजनिक गरिएको छ।
अमरदीप सुनुवारकोे शब्द रचना र अमर बन्तुको संगीत रहेको गीतमा पुष्कर खत्रीको संगीत एरेन्जमेन्ट रहेको छ। गीतमा एक दृष्टिविहीन प्रेमिल जोडीले एक–अर्काप्रति माया, साथ र सहयोगको भावना व्यक्त गरेका छन्। जुन समाज र दृष्टिविहीन व्यक्तिहरूकै लागि उदहारणीय छ।

शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा मोडलद्वय एसराज गराच र बिमला खजुम लिम्बूको सुन्दर अभिनय रहेको छ। भिडियोमा प्रस्तुत जोडीमा प्रेमी संगीत तथा वाद्यवादनमा रुचि राख्छन् र सो रुचिमा प्रेमिकाले सक्दो साथ दिन्छन्। कथा र भावअनुसार निकै मिहिनेतका साथ कलाकारद्वय प्रस्तुत भएका छन् भने दृष्टिविहीन जस्तो संवेदनशील पात्रको चरित्रमा उनीहरूको अभिनय निकै प्रखर देखिन्छ।
बुद्ध थापाको छायांकन र विवेक सुुनारको सम्पादन रहेको म्युजिक भिडियो अमर बन्तु युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button