CINEMANEWS

भूठानको मार्मीक ट्रेलर सार्वजनिक

सिनेमा संसार
काठमाडौं
हास्य अभिनेता हरिवशं आचार्यको विशेष अभिनय रहेको सिनेमा भूठानको मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको छ।तीन मिनेट लामो ट्रेलरले सामाजिक कथावस्तुमा आधारित रहेर सिनेमा बनेको देखाएको छ । भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ । ट्रेलरमा वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास देख्न सकिन्छ । जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस सिनेमाले भन्न लागेको देखिन्छ।त्यस्तै धर्म संस्कारलाई लिएर भएको विवादले पर्ने प्रभाव पनि ट्रेलरले देखाएको छ । भुटानदेखि भारत र नेपाल हुदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्‌नो थातथलो छोड्न पर्दा घर हराएको कथा अंग्रेजीमा द वर्ल्डस् ह्याप्पिएस्ट म्यान नाम रहेको यो सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्य छन् भने दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी आदीको पनि अभिनय रहेको छ। हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली सिनेमा हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।सिनेमा वैशाख १२ गते रिलिज हुँदैछ । बुलबुल सिनेमाबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठानका निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बास्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।सिनेमालाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button