BOLLYWOODHOLLYWOOD

मिठो स्वरका लागि जेसिका पिउछिन् स्पर्म मिसिएको जुस

किम र जेनिफर पनि लिन्छन स्पर्मकै साहरा

सिनेमा संसार
काठमाडौ
प्रसिद्ध अमेरिकी गायिका जेसिका सिम्पसनले आफ्‌नो स्वरलाई मिठो र स्वस्थराख्नको लागि एक अचम्मको पेय पदार्थ पिउने गरेको खुलासा गरेकी छिन।उनको सो उपाय सुनेर जोसुकैलाई सबै अचम्मित छन्। स्वीट किसेज र इन द स्किन जस्ता गीतका ४४ वर्षीया गायिकाले यो दावी गरेकी छिन् कि उनले आफ्‌नो स्वरको स्वास्थ्यलाई उत्कृष्ट बनाइ राख्नको लागि एक चीनिया हर्बल ककटेल पिउ“छिन् जसमा सर्पको वीर्य (स्पर्म) पनि हुन्छ। जेसिकाले यस ड्रिंकको बारेमा आफ्‌नो भोकल कोचबाट जानकारी पाएको बताएकी छन्।
जेसिकाले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै यस विशेष पेयको बारेमा बताएकी हुन्।उनको आफै केहि व्यक्तिले यो कुरा सुनेर अचम्मित भएको र आफूले पनि सो ड्रिंकमा सर्पको वीर्य पनि मिसाईएइको छ भन्ने एक साथीबाट थाहा पाएको बताएकी छन्।
भिडियोमा जेसिकाले सो पेय पदार्थमा सर्पको वीर्य मिसाईएको बारेमा थाहा पाउदा चिन्ता नगरेको बरु त्यसलाई महको रुपमा लिएको बताएकी छन् ।
जेसिका थप भन्छिन् तपाईंलाई राम्रो भोकल चाहिन्छ भने, तपाईंले पनि सर्पको वीर्य पिउनु पर्छ। उनले सो भिडियो सेयर गर्दा माइक्रोफोन, सर्प र टेस्ट ट्यूबको इमोजी पनि प्रयोग गरेकी थिइन् ।

हुन त जेसिका सिम्पसन प्राणीको वीर्यको उपयोग गर्ने पहिलो प्रसिद्ध व्यक्ति भने होइनन्। टिएमजेडका अनुसार, किम कार्दशियन र जेनिफर एनिस्टन जस्ता हस्तीहरूले पनि आफ्‌नो चम्किलो र स्वस्थ देखिने छालाका लागि सैल्मन माछाको वीर्य प्रयोग गर्दै आएका छन्।

Related Articles

Check Also
Close
Back to top button