HOLLYWOOD

पपस्टार केटी पेरी अन्तरिक्ष यात्रामा जाने

सिनेमा संसार
काठमाडौं

पपस्टार केटी पेरी अब अन्तरिक्षको यात्रा गर्ने भएकी छन्। उनी ब्लू ओरिजिन नामक अन्तरिक्षयान निर्माता कम्पनीको नयाँ शेपर्ड रकेटमा चढेर अन्तरिक्ष यात्रामा निस्कने भएकी हुन्।जुन उडानमा सबैजना महिला सदस्य हुनेछन् भने, सन् १९६३ मा सोभियत संघकी भ्यालेन्टिना तेरेस्कोभाको एकल अभियानपछि यो पहिलो महिला अन्तरिक्ष उडान हुनेछ। सो उडानमा केटीका साथ ब्लू ओरिजिनका मालिक जेफ बेजोसकी प्रेमिका लरेन सान्चेज, पत्रकार गेल किंग, नासाका पूर्वरकेट वैज्ञानिक आइशा बोवे, नागरिक अधिकार कार्यकर्ता अमान्डा नुगुएन र फिल्म निर्माता केरियन फ्लिन पनि सहभागी छन्।ब्लू ओरिजिनका अनुसार नयाँ शेपर्डको यात्रा सामान्यतया ११ मिनेटको हुनेछ। पाइलट बिना उडान भर्ने सो यान पूर्णतया स्वतन्त्र हुनेछ भने यसले कार्मन रेखा नामक अन्तरिक्ष किनारालाई समेत पार गर्नेछ।सो यात्राको मिति तोकिएको छैन, तर आगामी अप्रिल २३ देखि नोभेम्बर ११ सम्म केटी पेरीको लाइफटाइम टूर हुने भएकाले, सो भन्दा अघि नै उनको स्पेस यात्रा हुने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button