
सिनेमा संसार
काठमाडौं
माया र संगीतको मिलन हुने विशेष अवसर भ्यालेन्टाइन्स डेका अवसरमा भोली शुक्रवार राजधानीमा दरबारमार्गस्थित मधुशाला गीत गजल रेष्टुराँ एण्ड बारमा एक अविस्मरणीय साँझको आयोजना हुने भएको छ।
धीरज राई : भ्यालेन्टाइन्स अनप्लग्ड नाइट नामक कार्यक्रमले प्रेमका गीत र धुनको जादू जगाउने छ। सार्वजनिक रूपमा माया गर्नेहरूको उत्सवको रूपमा मनाइने यो दिन, मधुशाला र यसको हाउस ब्याण्डसँगै, चर्चित गायक धीरज राईका मनमोहक प्रेम गीतसँग महफिल सुम्पने तयारीमा छ। तिमी रुँदा, लुकी लुकी, पर्खि रहेछु, तिम्रा नयनजस्ता हिट गीतको माधुर्यमा समाहित, यो साँझ मधुशालामा उपस्थित हुने जोडीहरूको लागि विशेष बन्नेछ।
कार्यक्रमको सञ्चालन सुशिल नेपालले गर्नेछन् र इभेन्ट व्यवस्थापन बेटर ग्यालेक्सीले गर्नेछ। यससँगै, कार्यक्रममा सहभागी हुन आउने प्रेमी जोडीहरूलाई मधुशालाले सरप्राइज गिफ्ट र विशेष छूट दिने घोषणा पनि गरेको छ। यही अवसरमा, जोडिहरूका लागि रमाइलो सरप्राइज गेमहरू समेत आयोजित गरिनेछ। जसमा विजयी जोडीलाई आकर्षक पुरस्कार र विशेष छूट प्रदान गरिने जनाइएको छ।