Uncategorized

बोक्सीको घरलाई सकरात्मक प्रतिक्रिया

सिनेमा संसार संवाददाता
काठमाडौं
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा बोक्सीको घरको बिहीबार साँझ राजधानीमा भव्य प्रिमियर शोको आयोजना भएको छ । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको सिनेमा वैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको छ । सिनेमाको प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । सिनेमा हेरिसकेपछि सिनेकर्मी तथा पत्रकारहरुले सकरात्मक प्रतिक्रिया दिएका छन्।अभिनेत्री स्वस्तिमा खड्काले महिला वा पुरुषको रूपमा विभाजित गर्ने भन्दा पनि समाजको चेतनास्तर कस्तो छ भन्ने कुरालाई फिल्मले प्रकाश परेको छ बताइन्। सिनेमाकी निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले आफूले निर्देशक सुलक्षण भारतीसँग मिलेर समाजको कथा भनेको र यसमा दर्शकको साथका अपेक्षा रेहेको सबैको साथ पाउनेमा आशावादी रहेको बताइन् ।
सिनेमाले नेपाली समाजमा रहेको कथित बोक्सीको आरोपमा महिलामाथि लगाईने आरोप लाञ्छना, र त्यसका कारण दिईने यातना, हिंसा र बलात्कारको घटनालाई मुख्य विषय बनाएको छ । सिनेमाले ५० दशकको कथालाई समेट्छ जसमा एउटी निरिह महिलामाथि सिंगो समाज कसरी जाईलाग्छ भन्ने देखाईएको छ।
केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी निर्माण टिमको छ । निर्माताका रूपमा केकीका पिता बद्री अधिकारी समेत रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । सिनेमामा केकीका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक, शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । बुधवारदेखि नै हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।

Related Articles

Check Also
Close
Back to top button