HOLLYWOOD

मेगनमाथि यौन सम्बन्ध बनाईरहेको हेर्न बाध्य पारेको आरोप

सिनेमा संसार संवाददाता
काठमाडौं
अमेरीकी र्‍यापर मेगन थी स्टालियनमाथि उनको फोटोग्राफरले संगीन आरोप लगाएका छन्।उनको फोटोग्राफर एमिलियो गार्सियाले उनी माथि एक मुद्धा दायर गर्दै आफूलाई मेगनले यौन सम्बन्ध बनाईरहेको हेर्न बाध्य पारेको आरोप लगाएका छन्। अमेरीकन सञ्चार माध्यम युएसए टुडेका अनुसार लस एन्जलसको उच्च अदालतमा दायर गरेको मुद्धामा उनले सन् २०२२ मा मेगनको साथमा स्पेन जा“दा कारमा यात्रा गर्ने क्रम एक महिलाको साथ मेगनले यौन सम्बन्ध बनाएको र त्यस परिस्थितीले आफूलाई असहज भएको उल्लेख गरेका छन्। कार गुडिरहेको कारण आफू बाहिर निस्किन नसकेको र यदि निस्किएको भए पनि अन्जान ठाउ“मा आफ्नो जाने ठाउ“ नभएकाले उक्त घटनाबाट लज्जास्पद भए पनि आफू त्यहा“ बसिरहन बाध्य भएको समेत उल्लेख गरेका छन्। साथै मेगनले आफूलाई गलत तरिकाले कामबाट निकालेको समेत बताएका छन्। सो घटनाको भोलीपल्ट मेगने उल्टै आफ्नो बेज्जत गरेको र सो घटनाबारे कसैलाई नभन्न धम्की दिएको बताएका छन्। गार्सियाले आफूलाई कामबाट निकालेपछि र मुद्धा दायर गर्दा भएको सम्पूणर् आर्थिक नोक्सान पनि भर्नूपर्ने माग राखेका छन्।
मेगनकोतर्फबाट भने उनका वकिल एलेक्स स्पिरोले भने गर्सियाले पैसाको लागि गलत आरोप लगाएको बताएका छन्। यो सबै मेगनको बेज्जत गर्ने र उनलाई लज्जास्पद अनुभव गराउनका लागि गरिएको हो।उमेरले २९ वर्षकी मेगन आफ्नो फी स्टाइलका लागि अमेरीकन र्‍याप संगीतमा चर्चित छिन्।

Related Articles

Check Also
Close
Back to top button