MUSICNEWS

मुकुन्द र दीपिकाको निष्ठुरी

सिनेमा संसार
काठमाडौं
मुकुन्द भट्ट र दिपिका थापाबिचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको सेण्टिमेण्टल भर्सनको निष्ठुरी बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा शिव सेन्चुरीले पनि अभिनय गरेका छन्। गायक थानेश्वर गौतमको स्वर रहेको गीतमा गीतकार एवम संगीतकार डेकेन्द्र श्रेष्ठको शब्द र संगीत रहेको छ। सरोज बिस्टले संगीत संयोजन गरेको गीतको भिडियोमा हरिश महराको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ। शिव सेन्चुरी सुनारको निर्देशनमा तयार पारिएको भिडियो संगीतकार श्रेष्ठको युट्युव च्यानल डेकेन्द्र प्रडक्शनमार्फत सार्वजनिक गरिएको हो।

Related Articles

Back to top button