CINEMANEWS

छायाँकनमा सरी मम

सिनेमा संसार संवाददाता

काठमाडौं
भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा सरी ममको छायांकन आरम्भ गरिएको छ। क्यामेरा पुजा गर्दै थालिएको छायांकन कार्यक्रममा प्रभात पल र सरीता लामिछानेले मुहूर्त सर्ट दिएका थिए। निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए।
विनोद लामाको प्रस्तुतिमा निर्माण हुने सिनेमामा प्रभात र सरिताका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ। सिनेमाको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिने जनाइएको छ।
एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने सिनेमा नविन बोगटीले निर्देशन गर्दैछन्। उनले निर्देशनबाट निर्देशनमा डेव्यु गर्दैछन्। ३० दिनको छायांकन सेड्युल राखिएको सिनेमालाई दीर्घ गुरुङले छायांकन गर्नेछन्।

Related Articles

Back to top button