CINEMANEWS

ट्रेलरमा जीवन काँडा कि फुल

सिनेमा संसार संवाददाता
काठमाडौं

सिनेमा जीवन काँडा कि फूलको ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले सिनेमाको ट्रेलर र सिनेमाघरमा आउने मिति सार्वजनिक गरेको हो। सिनेमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ।

सिनेमाको ट्रेलरलाई नेपाल चलचित्र कलाकार संघका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, सञ्चारकर्मी शान्तिपृयलगायतल सार्वजनिक गरेका थिए। साहित्यकार झमक घिमिरेको जीवनमा आधारित सिनेमा जीवन काँडा की फूलको ट्रेलर सार्वजनिकपछि अतिथिहरुले ट्रेलर हेर्दा सिनेमा राम्रो बनेको भन्दै शुभकामना दिएका थिए। चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा नायिका तथा गायिका सारिका घिमिरले स्वागत मन्तव्य राखेकी थिइन्। सिनेमामा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन्। त्यस्तै झमकको बहिनीको भुमिकामा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको सिनेमामा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ। प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन्। शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो सिनेमाको सह निर्माता जुनु गौतम हुन भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी रहेका छन्।

https://youtu.be/YVqxJF824KQ

 

 

Related Articles

Back to top button