NEWS

रंगशाला निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ हुने

सिनेमा संसार संवाददाता
काठमाडौं
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ।
दुबई स्थित सम्पुर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यहि अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिएका छन्।
ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने छ। धुर्मुसले सामाजिक सञ्जाल फेसबुक मार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरुलाई सहभागिताका लागि अनुरोध समेत गरेका छन्।

https://www.facebook.com/dhurmussuntalifoundation/videos/548292922247393/?t=1

Related Articles

Back to top button