
सिनेमा संसार संवाददाता
काठमाडौं
दोस्रो सातामा सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा क्याप्टेनको सोमबार विशेष शोको आयोजना गरिएको छ। फुटवलरको कथामा निर्माण भएको सिनेमा क्याप्टेन उपराष्ट्रपति नन्द किशोर पुन पासाङ्गले हेरेका छन्। सिनेमा हेरेर निस्किएसँगै उपराष्ट्रपतीले क्याप्टेनले उठान गरेको विषयवस्तुको तारिफ गरेका छन्। ‘मैले सिनेमा हेरेँ। यो हाम्रो कथा हो। त्यसैले मलाइ सिनेमा निकै मन पर्यो’ उपराष्ट्रपति पासाङ्गले भने ‘सिनेमाले सम्पुर्ण नेपालीलाई एकतामा बाँध्ने प्रयास पनि गरेको छ। खेलमा रुचि राख्नेका लागि सिनेमा झन् विशेष छ।’
बेलाबखतमा आयोजना हुने विशेष शोमा सिनेमा हेर्न पुग्ने पासाङ्गले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालको सिनेमा पहिलादेखि नै हेर्दै आएको र आफ्नो लागि तिनै जना सुपरस्टार रहेको समेत बताए। यस्तै बिशेष शोमा हेर्न पुगेका शिव श्रेष्ठले पनि क्याप्टेन राम्रो बनेको भन्दै अनमोल केसी र भुवनको मेहनतको प्रसंसा गर । ‘सिनेमा राम्रो बनेको छ, फुटबलको माध्यमबाट खेलाडीको कथा भनिएको छ’ उनले भने ‘सिनेमाले राष्ट्रियता र फुटवलसंग हामीलाई जोड्छ।’




