NEWS

स्वस्तीमाका कारण पानीमा मिल्यो आर्यनको मेहनत

सिनेमा संसार संवाददता
काठमाडौं
केही समय यता अभिनेता आर्यन सिग्देल सिनेमा हजार जुनीसम्मको लुक्सलाई निकै ध्यान दिइरहेका छन्। सिनेमामा आर्यनको फरक लुक्स रहेको छ। सिनेमामा नायिका स्वस्तिमा खड्काको वुबाको भूमिका निर्वाह गरीरहेका आर्यनले यो लुक्सलाई यतिन्जेलसम्म लुकाई राखे पनि उनको यो मेहनत भने स्वस्तिमाकै कारण खेर गएको छ।
आप्mना सिनेमाका प्रमोशनमा सकेसम्म टार्ने गरे पनि सामाजिक सञ्जालमा सक्रिय रहन रुचाउने स्वस्तिमाले इन्ष्टाग्राम स्टोरीबाट आर्यनको लुक्स सार्वजनिक गरिदिएपछि आर्यनको मेहनत पानीमा मिल्न पुगेको छ। यसमा आर्यनको कपाल फुलेको छ।
हजार जुनीसम्म टिम यति बेला छायाँकनको क्रममा हेटौडाँमा छ। बिकासराज आचार्यले निर्देशन गरिरहेको सिनेमामा स्वस्तिमा र आर्यनसँगै सलोन बस्नेत, निरुता सिंहलगायतका कलाकारको मुख्य भूमिका रहनेछ भने दिपाश्री निरौलाको आइटम डान्स रहनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button