MUSIC

दीपशिखा खुशी हुँदा

सिनेमा संसार संवाददाता
काठमाडौं
भारतको उडिसामा निर्माण हुने उडिया भाषी सिनेमाकी लोकप्रिय गायिका दीपशिखा मिश्र पछिल्लो १ दशकदेखि नेपालमा रहेर नेपाली गीत–संगीतमै सक्रिय छिन्। झण्डै १ दर्जन नेपाली गीत गाइसकेकी यी गायिका भर्खरै मात्र एउटा नया“ आधुनिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन्।
दीपशिखाको स्वरको खुशी हु“दा गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक भएको हो। विशाल भण्डारीद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी तथा मोडल जीवन भट्टराईको रोमान्टिक जोडीलाई फिचरिङ गरिएको। संगीतकार हरि लम्सालद्वारा संगीतबद्ध गीतका शब्द विद्या अनामिका तिवारीले रचना गरेकी हुन् भने सचिन सिंहले संगीत संयोजन गरेका छन्। अर्जुन अधिकारी तथा उनको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।
लामो समयदेखि वीरगञ्जमा बसोबास गर्दै आइरहेकी गायिका मिश्र गायन कलालाई निरन्तरता दिनु पर्छ भन्ने सोचर नेपाली गीत गाउन थालेको बताएकी छिन्। ६ वर्षको उमेरमै पहिलोपटक अल इन्डिया रेडियोमा भक्ति संगीतमा आधारित गीत रेकर्ड गराएकी गायिका मिश्रले त्यसयता नेपाली, हिन्दी, उडिया, बाङ्ला तथा संस्कृत भाषाका गरी झण्डै १ सयभन्दा बढि गीत रेकर्ड गराइ सकेकी छिन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button