EVENT

हिरोइनको बर्थडे

सिनेमा संसार संवाददाता
चितवन
आगामी शुक्रबार रिलीज हुन लागेको सिनेमा रेनीकी नायिका, लेखक तथा गीतकारसनम मल्लले आइतबार राजधानीमा एक बिशेष कार्यक्रम आयोजना गरि जन्मदिन मनाएकी छिन्।
‘फिल्म प्रचारप्रसारमा ब्यस्त रहे पनि जन्मदिन मनाउन भने भुलिनँ’, उनले भनिन्, ‘खासमा त मेरो जन्म दिन भदौ ७ मा हो। तर, तिथिले भने आज भेट्यो।’ उनलाई रेनीका अभिनेता दीपक ढकाल, हास्यकलाकार टंक डुम्रे, गीतकार गुरु भुटिया, निर्माता बिमला र संजीव मल्ललगायत आफन्तले जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए।
त्रिकोणात्मक प्रेमकथाको रेनी गिरिश रिजालले निर्देशन गरेका हुन्। सिनेमामा सनमका साथमा दीपक ढकाल, सरोज खनाल, टंक डुम्रे, सुरवीर पण्डित, बिजय तिखातारीलगायतका कलाकारले अभिनय गरेका छन्। सनम रेनीले आफूलाई हिरोइन तथा फिल्म लेखकका रुपमा स्थापीत गराउनेमा बिश्वस्त छिन्।

Related Articles

Check Also
Close
Back to top button